तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो

तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो

काठमाण्डाै – आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यकाअनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद् शाक्यको आग्रह छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उहाँको भनाइ छ ।

यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij