नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

 

काठमाडौँ  -विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बोलाएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तयसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आजको बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्नेछ । ओली समूहका प्रदेश पदाधिकारी हटाएर आफ्नो समूहकालाई समायोजन गर्नेबारे निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले यसबारे पनि बैठकले छलफल गर्नेछ । यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो । तर स्पष्टीकरण पत्र बालुवाटार पठाएको तीन दिन बितिसक्दा पनि ओलीले कुनै जवाफ नदिएपछि आजको बैठकबाट उनलाई पार्टीबाटै निष्कासन तयारी यो समूहले गरेको हो ।

उक्त पत्रमा ‘विधान विपरित गतिविधि गरेकाले तपाईंलाई थप कारवाही किन नगर्ने ?’ भनेर स्पष्टीकरण मागिएको थियो । ‘स्पष्टीकरणको जवाफ आएको छैन, यो पनि बैठकको एजेण्डा हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘निष्कासनबारे बैठकको निर्णय आएपछि थाहा भइहाल्छ नी !’

यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वजनिक कार्यक्रममै दिइसकेका छन् । प्रचण्ड-नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई मनोनित गरेको थियो ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij