JanataToday.com

Advertisment

SKIP THIS

नवलपरासीमा ५ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासीमा ५ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी-जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज आइतबार करीब  ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर (केराउ) र ४ बोरामा ८० किलो मुरली मकै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको हो । उक्त मटर (केराउ) र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।  त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा   र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सुस्ता गांउपालिका वडा नं.१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ । बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij