ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

स्पष्टीकरणको कुनै जवाफ नआएपछि यस्तो निर्णय गरियो

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल पक्षको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अध्यक्षबाट हाम्रो पार्टीले पहिल्यै नै हटाइसकेको थियो’, बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामीले तपाईँलाई साधारण सदस्यबाट पनि किन नहटाउने भनेर स्पष्टीकरण सोध्यौँ । तर, उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । त्यसपछि हामीले यो कदम चाल्नुपरेको हो ।’

माघ ५ गते दाहाल–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो । तर, ओलीले कुनै जवाफ दिएका थिएनन् ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij