निर्वाचन सम्पन्न गर्न सहयोगका लागि निर्वाचन आयोगको आग्रह

निर्वाचन सम्पन्न गर्न सहयोगका लागि निर्वाचन आयोगको आग्रह

काठमाडौँ । २०७८ साल वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगले विभिन्न विषय क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको छ ।

निर्वाचन आयोगबाट सञ्चालन भइरहेको मतदाता नामावली (दाबी विरोध समेत) अद्यावधिक गर्न, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आम नागरिकहरुलाई सु–सूचित गराउन अनुरोध गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरी निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरू व्यवस्थापन गर्न उपयुक्त स्थल चयन गरी विकल्प सहित आयोग समक्ष सिफारिस गरी पठाउने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

मतदान स्थलहरूको संरक्षण, मर्मत सम्भार लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरूको व्यवस्थापन गर्नुका साथै निर्वाचनका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी स्थानीय प्रशासनले आवश्यक व्यवस्था गर्ने समेत जनाइएको छ ।

साथै निर्वाचन सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न गराउन आवश्यक सहयोगका लागि सबै सरोकारवालाहरूलाई निर्वाचन आयोगले हार्दिक अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij