वैशाखमा चुनाव हुनै सक्दैन : घनश्याम भुसाल

वैशाखमा चुनाव हुनै सक्दैन : घनश्याम भुसाल

भैरहवा-नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री के.पी शर्मा ओलिले आगमी बैशाखमा गर्नेगरी घोषणा गरेको निर्वाचन हुनै नसक्ने बताएका छन् ।

लुम्बिनी प्रेस क्लब भैरहवासंग पत्रकार भेटघाटको क्रममा उनले भने, ‘ संविधान च्यातेर निर्वाचन हुनै सक्दैन । लोकतन्त्रलाई एक हिसाबले घाइते र असफल बनाएर निर्वाचन हुनै सक्दैन ।‘

उनले निर्वाचन गरिनकोलागि घोषणा नभएको दाबी गर्दै भने, ‘जुन ब्यक्ति पाटिमा एकतिहाई भन्दा कम सदस्यको समर्थनमा छ ।त्यसले निर्वाचन गराएर दुई तिहाइ बहुमत ल्याउछु भन्नु नै हास्यस्पद हो । ”

हिजो सांझ निर्वाचन आयोगले नेकपा विवादकोे सन्दर्भमा गरेको निर्णयमा भुसालले निर्वाचन आयोगले आफ्नो औचित्य पुष्टि गर्ने अवसरबाट चुकेको प्रतिक्रिया दिए । उनले भने, ‘निर्वाचन आयोगले नेकपाको केन्द्रिय सदस्य ४४१ मात्रै रहेको भनेर ठीकै निर्णय गर्यो तर त्यहि ४४१ केन्द्रिय सदस्य मध्ये बहुमत केन्द्रिय सदस्यको निर्णणको विषयमा भने मौनता साध्नु आयोगको कमजोरी देखियो ।”

नेकपामा ३१९ जना केन्द्रिय सदस्य माधब नेपाल र प्रचन्डले नेतृत्व गरेको नेकपाको समूहमा रहेका छन् । यो समूहले के.पी ओलिलाई पाटिको विधान विपरित काम गरेको भन्दै साधरण सदस्य समेत नरहनेगरी कारबाहि गरेको छ। निर्वाचन आयोगको निर्णय संगै केपी ओलिले नियुक्त गरेका केन्द्रिय सदस्यहरु स्वतः अबैधानिक भएको देखिएकोछ ।

नेता भुसालले भने, ‘सडकमा बसेर हामी संविधानको रक्षाको पक्षमा छौं, संविधानमा भएका जनताको अधिकार बताउँदै आएका छौं, अदालतको निर्णयको पखाईमा छौं, महेन्द्रले ३० वर्ष खोसे, ज्ञानेन्द्रले ३ वर्ष खोस्न सकेनन्, ३ महिनाभित्र संसद व्युताउँछौं ।’ सेटिङको हल्ला गरेर प्रचार गर्ने र प्रभावित पार्ने षडयन्त्रविरुद्ध सडकमा आएको उनले बताए । संसद विघटनको मुद्दामा एकहिसाबले आफु हार्ने महसुस गरेर प्रधानमन्त्री केपी एक्लै गालीगलौजमा उत्रिएको उनले बताए । ‘मुद्दा हारिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई महसुस भइसकेको छ, उहाँ अफ्ठयारोमा पर्दै जानु भएको छ, भन्ने मलाई लाग्छ, पछिल्लो समय उहाँ आक्रमक बन्दै जानुभएको छ, उनले भने ।

प्रधानमन्त्री ओलीले संसद विघटन भनेर सिफारिस गरेपछि अहिलेसम्म संसदीय परम्परा अनुसार कुनै आधार पेश गर्न नसकेको भुसालले बताए । पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले सेटिङको हल्लाले त्रसित सज्जनहरु पनि अहिले चुपचाप लागेको बताए । नेकपाको बहुमतको निर्णय नै वैधानिक नेकपा हुने उनको भनाइ छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के।सी।को अध्यक्षता तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : सोमबार, माघ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij