काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन गर्दैछ।
नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुस गर्न लागेको हो। काठमाडौंसहित देशका मुख्य शहर केन्द्रीत आन्दोलन हुनेछ।
काठमाडौंको लैनचाैरबाट अपरान्ह तीन बजे र ललितपुरको लगनखेलबाट सिट्ठी जुलुस निकालिने संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले जानकारी दिइन्। आजदेखि शुरु हुने आन्दोलन २८ गतेसम्म चल्ने छ।
१४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुने छ।
त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। देशभर विभिन्न विरोध सभा र आन्दोलन घोषणा गरिएको छ।
माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
माघ २२ गते काठमाडौँमा युवा र्याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने भुसालले जानकारी दिएन्।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्