काठमाठाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा जानकारी गराए सरकारले सहयोग गर्ने बताएका छन् ।
मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनकाे भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ छ ।
माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने शन्देश दिएको बताए । माउन्ट के टू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनकाे भनाइ छ ।
दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्