नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट ३०३ जना संक्रमित भएका छन् । आज भएको ४ हजार ५७४ पिसिआर परीक्षणमा ३०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।
आज २८५ जना निको भएर फर्किएका छन्। आजसम्म कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्