काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७० हजार नाघेको छ ।
गएको २४ घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
कुल सङ्क्रमितमध्ये दुई लाख ६४ हजार आठ सय २३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा दुई सय ८५ जना निको भएका हुन् । यस्तै थप ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार १७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा तीन हजार दुई सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्