काठमाडौँ – नेपालमा आजदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल माध्यमबाट खोप अभियान उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, सहिद गंगालाल अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउनेछन् ।
पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसका लागि १२० भन्दा बढी खोप केन्द्र तोकिएको छ । पहिलो चरणको खोप अभियान अन्तर्गत देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउँदैछ ।
भारतले नेपाललाई अनुदान सहयोग स्वरुप १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
जनमानसमा अझै पनि कोरोना खोपबारे विभिन्न जिज्ञासा हुन सक्छन् । यसैलाई विचार गरी खोप अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा हुन सक्ने १६ जिज्ञासाका जवाफ दिएको छ ।
हेर्नुहोस्, ती १६ जिज्ञासा र जवाफ ?
प्रकाशित मिति : बुधबार, माघ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्