फुटेर बहुमत ल्याउँछु भन्नु गलत : बामदेव गौतम

फुटेर बहुमत ल्याउँछु भन्नु गलत : बामदेव गौतम

फुटेर बहुमतको गफ नदिनु

काठमाडौं – एकीकृत नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेकपा राजनीति र व्यवहारिक रुपमा फुटिसकेको बताउँदै आफ्नो एकता अभियान नरोकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा ‘एकता राष्ट्रिय अभियान’को घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् ।

नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको बताउँदै उपाध्यक्ष गौतमले भनेका छन्, ‘म यो विभाजनको प्रत्यक्षदर्शी हुँ । निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो । हाम्रो देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुट्यो ।’

१३ वर्ष लामो मिहनेतपछि एकता भएको पार्टी एकैछिनमा फुटेको देख्दा आफूलाई दुःख लागेको बताउँदै उपाध्यक्ष गौतमले भनेका छन्, ‘१३ वर्ष लगाएर एकता गरेको पार्टी एकैछिनमा फुट्यो । जुट्नुभन्दा निर्माणको शक्ति ठूलो हुन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि हाम्रो पार्टीका नेताहरुले पार्टी फुटाउनुभयो ।’

शीर्ष नेतृत्वमा निर्वाचनमा जानैपर्छ भन्ने र संसद् पुनर्स्थापना हुनैपर्छ भन्नेगरी दुई प्रष्टै फरक मत आएको स्मरण गर्दै गौतमले बैशाखमा चुनाव हुने हो भने दुवै नेकपा हार्ने निश्चित भएको बताए । ‘एउटा पक्षले बहुमत ल्याउँछु भन्छ’, उपाध्यक्ष गौतमले भनेका छन्, ‘अर्कातिर दुई वर्षपछि निर्वाचन हुने हो भने हामी बहुमत प्राप्त गर्छौ भनेर प्रचण्ड समूहले भनिरहेको छ । गत निर्वाचनमा नेकपाको पक्षमा ठूलो लहर आएको थियो । हामी दुई पार्टी मिलेर गएको मत जम्मा ४३ लाख थियो ।’

यसैबीच उपाध्यक्ष गौतमले अहिलेको अवस्थामा चुनावमा गए दुवै पक्षीय नेकपा हार्ने निश्चित भएको बताए । ‘त्यसबेलाको मत सबैको बढेको होला तर अहिलेको अवस्थामा हामी निर्वाचनमा जाने हो भने दुवै समूहले हार्ने पक्का छ’, गौतमले भनेका छन्, ‘नेताहरूले फुटेर पनि बहुमत ल्याउँछौँ भन्नुभएको छ । तर त्यो सरासर गलत छ ।’

फुटेर बहुमत ल्याउँछु भन्ने कुरालाई गौतमले आफैँसँग तुलना पनि गरे । उनले आफूले विसं २०५४मा एमाले फुटाएर माले बनाउँदा एक सिट पनि नजितेको स्मरण गर्दै उनले भनेका छन्, ‘फुटेर पनि मत प्राप्त गर्छौँ भनेर मैले ४ वर्षसम्म भाषण गर्दै हिँडे । तर, एमालेबाट फुटेर गएको मेरो पार्टी नेकपा मालेले देशभरबाट एउटा पनि सिट ल्याउनै सकेन ।’

प्रकाशित मिति : बुधबार, माघ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij