भरतपुरको सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

भरतपुरको सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

file

चितवन – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले चितवन आउँदैछन् । दुई वटा परियोजनाको शिलान्यास र भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन् ।

सिटि हल र गोन्द्राङ नारायणगढ ६ लेन सडकको शिलान्यासपछि नेकपा चितवनले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् । सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उन को भनाई छ ।

उनका अनुसार पूर्वबाट आउने नेता कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउनेलाई चौबीसकोठी र उत्तरबाट आउनेलाई मालपोतचोकमा जम्मा भई र्यालीसहित आउने व्यवस्था गरिएको छ । सभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शनिबार, माघ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij