दाहाल–नेपाल समूहले डाक्यो केन्द्रीय समिति बैठक

दाहाल–नेपाल समूहले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केन्द्रीय समिति बैठक डाकेको छ । समूहले सोमबार बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की बैङ्क्वेटमा बैठक डाकेको हो ।

समूहका नेता लीलामणि पोखरेलका अनुसार सो विषयमा नेताहरुसँग यसअघि नै कुराकानी भएको थियो । ‘केही दिनअगाडि हाम्रो बीचमा सो विषयमा कुराकानी भएको थियो’, नेता पोखरेलले  भनेका छन्, ‘बोलाउनुपर्छ भनेर केही दिनअगाडि नै सल्लाह भएको हो । सोहीअनुसार काम अगाडि बढाइएको हो ।’

बैठक खासगरी संसद् विघटनविरुद्धको विरोधको समीक्षा र आगामी रणनीतिमा केन्द्रित रहनेछ ।

यो समूहले आफूसँग नेकपाको बहुमत भएको दाबी गर्दै आएको छ । ४ सय ४१ सदस्यीय नेकपामा करिब २ सय ९७ सदस्य आफैँसँग भएको बताउँदै यो समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको जोडदार माग गरिरहेको छ ।

यो समूहले यसअघि नै बुटवल, विराटनगर, धनगढीलगायतका शहरहरुमा जनप्रदर्शन गरिरहेको छ ।

गत १५ गते निर्वाचन आयोगले दुवै समूह (दाहाल–नेपाल र केपी शर्मा ओली) लाई छलफलको लागि बोलाएको थियो । त्यसमा दाहाल–नेपाल समूहले १८ गतेसम्मको लागि समय माग गरेकोमा ओली समूहले भने निर्वाचनसम्बन्धी थप काम अघि बढाउन माग गरेको थियो ।

दाहाल–नेपाल समूहले निर्वाचन जानुभन्दा अघि नै केन्द्रीय समिति बैठक डाकेको हो ।

प्रकाशित मिति : आइतबार, माघ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij