बुटवल
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको आरोप लगाएका छन् । ओली पनि अब पूर्वराजा ज्ञानेन्द्रजसरी नै बिदा हुने उनले बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आइतबार बुटवलमा आयोजना साक्षात्कारमा उनले अहिले संविधान नै ठिक ठाउँमा नरहेकाले यस्तो अवस्थामा भएको चुनावको अर्थ नहुने बताए । ‘सत्तामा आएपछि नियम–कानुन केही नमान्नेहरू इतिहासमा कहिल्यै लामो समय टिक्दैनन्,’ उनले भने, ‘संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले न्याय दिनेछ ।’ रिजालले संसद् पुनस्स्थापना भएरै छाड्ने बताए । निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी पार्टी किन फुटाएको भन्दै प्रश्न गरेका उनले ओलीले प्रधानमन्त्री हुँदादेखि नै संविधानको विरुद्ध काम गरेको आरोप लगाए ।लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म विरोध गरिरहने नेता रिजालको भनाइ छ । ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै रिजालले ओलीलाई जनताले सडकबाटै ठेगान लगाउने बताए ।
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्