कोरोना सङ्क्रमणबाट २ सय ६४ जना निको, १ सय ५९ जना सङ्क्रमित थपिए

कोरोना सङ्क्रमणबाट २ सय ६४ जना निको, १ सय ५९ जना सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय ६४ जना निको भएका छन् ।

योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६६ हजार ६ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार ९८ दशमलव ३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।

आज देशभर ४ हजार १ सय ४५ वटा नमुना परीक्षण गर्दा १ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ ।

यस्तै २ हजार ४ सय ८९ जना सक्रिय सङ्क्रमित मध्ये १ सय २८ जनाको आइसियु र २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी कोरोना सङ्क्रमणका कारण आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij