दाहाल–नेपाल समूह संघर्ष समितिको आपत्कालीन बैठक बस्दै

दाहाल–नेपाल समूह संघर्ष समितिको आपत्कालीन बैठक बस्दै

काठमाडौं -पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको संघर्ष समितिको आपत्कालीन बैठक बस्ने भएको छ ।

बैठक बुधबार दिउँसो १२:३० बजे जनसंगठनको कार्यालय, पेरिसडाँडामा बस्ने समूहका नेता लीलामणि पोखरेलले जानकारी दिए । ‘हाम्रो संघर्ष समितिको आपत्कालीन बैठक बस्दैछ’, नेता पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘संवैधानिक निकायका पदाधिकारीहरुको शपथसँग हाम्रो असहमति छ । यसकै विषयमा विभिन्न प्रोटेस्ट् गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ ।’

यस्तै नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले शृङ्खलाबद्ध रुपमा संविधान मिच्ने काम गरेको बताए । ५ पुषमा संसद् विघटन गरेर संविधानमा मिच्ने काम शुरु गरेका प्रधानमन्त्रीले संवैधानिक निकायमा नियुक्तिहरुको शपथ ग्रहण गराएर अर्को पटक संविधान मिच्ने काम गरेको नेता पोखरेलको तर्क छ ।

नेता पोखरेलले यसलाई निरङ्कुशताको अभ्यास भनेका छन् । उनको भनाइ छ, ‘प्रधानमन्त्रीले निरङ्कुशताको अभ्यास गरिरहेका छन् ।’

प्रकाशित मिति : बुधबार, माघ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij