काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ ।
संवैधानिक निकायका पदाधिकारीहरुको जबरजस्ती नियुक्ति गरिएको भन्दै यो समूहले आमहड्ताको घोषणा गरेको हो । समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जन गर्दै भोलि आमहड्ताल गर्ने निर्णय गरेको समूहका नेता लीलामणि पोखरेलले जानकारी दिए ।
यो समूहको संघर्ष समितिको बैठक अहिले बसिरहेको छ । बैठकपश्चात् समूहले पत्रकार सम्मेलन गर्दैछ । सम्मेलनमार्फत् थप कार्यक्रमबारे जानकारी गराउने समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छन् ।
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्