आज विश्व क्यान्सर दिवस मनाइँदै

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाण्डाै – क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।

१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।

विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने डाक्टरको भनाइ रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij