काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।उनले यसविषयमा सभापति देउवासँग कुरा गरेको भन्दै कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको उल्लेख गरेका छन्। उनले संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको राजनीतिक घटनाको पछिल्लो कडी भएको उल्लेख गरेका छन्।
प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्