प्रचण्ड–माधव पक्षले गरिबका तरकारी फ्याँकेर महान् आन्दोलन सफल पारेको छन् :प्रधानमन्त्रीओली

प्रचण्ड–माधव पक्षले गरिबका तरकारी फ्याँकेर महान् आन्दोलन सफल पारेको छन् :प्रधानमन्त्रीओली

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह प्रचण्ड–माधव पक्षले आज गरिबका तरकारी फ्याँकेर महान् आन्दोलन सफल पारेको टिप्पणी गरेका छन्।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले किसानले दुख गरेर ल्याएको तरकारी सडकमा फ्याँकेर प्रचण्ड–माधवले क्रान्तिकारीपन देखाएको टिप्पणी गरे।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव आफ्ना कार्यकर्ताले जलाएका गाडी हेर्न गाडीमै सडकमा पुगेको आरोप पनि लगाए।

‘उहाँहरूले आज बन्द गर्ने कोशिस त गर्नुभयो, तर बन्द खासै भएन। तर पनि जनतालाई अलिअलि दुःख दिनुभयो, ओलीले भने ‘गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन सफल पार्दै हुनुहुछ।’

एउटी बूढी आमाले दुस्ख कष्ट गरेर फलाएर डोकामा बोकेर ल्याएको टमाटर सडकभरी फालेर प्रचण्डले क्रान्तिकारीपन देखाएको ओलीको टिप्पणी छ। ‘अरूका गाडी जलाउनुभयो, आफू गाडीमा सवार भएर हेर्न जानुभयो, जनताका दुस्ख हेर्न, ओलीले थपे ‘आफैँले बन्द गरेको गाडी नै त नचढौं बाइकसम्म त हुन्छ भनेर बाइक लिएर हिँडेछन्।’

बिहीबारको आन्दोलनतर्फ संकेत गर्दै ओलीले कार्यकर्ता सिद्धिएपछि प्रचण्ड–माधव आफैँ सडकमा पुगेको बताए। कार्यकर्ता सिद्धिएछन्, अनि आफैँ ९हलभरी हासो० कार्यकर्ता यता छन् अनि कहाँबाट हुन् त त्यता, ओलीले मुस्कुराउँदै भने, ‘हामी यहाँ छौँ भनेर टाँस्यो अनि गाडी रोक भन्यो। ओलीले थपे, ‘को उभिएको रहेछ भनेर हेरेको त प्रचण्ड उभिइराख्या, उभिएका कहाँ, कस्तो ठाउँमा भने सातदोबाटोमा।’ माधव नेपाल, अर्को अर्को, कार्यकर्ता छैनन् सिद्धिएछन्।

प्रचण्ड माधव आक्रामक ढङ्गले प्रस्तुत हुँदै बाटोमा भेटिएका प्रहरी अधिकारी र सिडियोलाई हप्काइदप्काइ गरिरहेको आरोप लगाउँदै ओलीले कानुनको पालना गर्न आग्रहसमेत गरेका छन्।

विवाद र झगडा गर्नेहरू अहिले पार्टीबाट हटेको भन्दै ओलीले अब सल्लाह र सहमतिमा पार्टी र आन्दोलनलाई एकजुट बनाएर अघि बढाइने बताएका छन्।
सम्बोधनका क्रममा ओलीले भने ‘मै हुँ भन्नेहरूले पार्टी छोड्दैमा यो आन्दोलन समाप्त हुँदैन, यो आन्दोलन अझै बजबुद, बलियो, सुद्धीकरण र सुदृढीकरण भएर जान्छ।‘

प्रचण्ड–माधवको ब्राण्ड नै ‘हामी यहाँ छौं’ हो भन्दै ओलीले अब उहाँहरूको पार्टी र कार्यकर्ता चिन्न सजिलो भएको पनि बताएका थिए। ‘हामी यहाँ छौं’ लेख्ने मात्र उहाँहरूको पार्टी र कार्यकता हुन्, ओलीले भने, ‘नजिक, वरिपरि उभिएकाहरु त रमिता हेर्न पुगेका, बाटोछेउका मान्छेहरू छोड्दिनुस्।‘

प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij