नारायणहिटी अगाडि ओली समूहको आमसभा, क-कसले गर्दैछन् सम्बोधन ?

नारायणहिटी अगाडि ओली समूहको आमसभा, क-कसले गर्दैछन् सम्बोधन ?

-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सभा आयोजना गरेको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

सभामा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने नेकपा बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए । सभा सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेपछि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन् । सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरू पनि सहभागी हुनेछन् ।

यसअघि ९ माघमा नेकपाको अर्को समूह प्रचण्ड-नेपाल समूहले गरेको प्रदर्शनको काउन्टरका रुपमा आज ओली समूहले यो प्रदर्शनलाई लिएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने यो सभालाई विशेष चासोका साथ हेरिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले धार्मिक स्थलहरु भ्रमण गर्नु, धर्मका विषयमा विभिन्न अभव्यिक्ति दिनुले पनि आजको यो सभालाई विशेष चासोका साथ हेरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij