कांग्रेसको अपिल- ‘जनतालाई दुःख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं’

कांग्रेसको अपिल- ‘जनतालाई दुःख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । आन्दोलन एवं सभा गर्दा जनतालाई दुःख नदिइ शान्तिपूर्ण रूपले उसले अपिल गरेको हो ।

नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।’

त्यस्तै कांग्रेसले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने पनि बताएका छन् । आज शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्दैछन् भने फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन हुँदैछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा, नियुक्ति र शपथ ग्रहणमा सरकारले संविधानविपरीतको कर्म गरेको कांग्रेसको ठहर छ । ‘संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रस्ट रुपले विरुद्धमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’

प्रकाशित मिति : शनिबार, माघ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij