काठमाडौँ -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीहरूको हातमा पुर्जा दिन सरकार आतुर रहेको बताएकी छन् ।
शनिबार काठमाडौँमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित बसोबासी तथा प्रत्येक सुकुम्बासीको हातमा पुर्जा दिन आतुर रहेको बताएकी हुन् ।
सरकारको आतुरतालाई व्यवहारमा उर्तान भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उनको भनाइ छ । सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरूमाथि आशा र भरोसा गरेको पनि उनले बताइन् । सुकुम्बासीहरूको लगत सङ्कलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्नुपर्ने उनको भनाइ छ ।
गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी पनि आयोग पदाधिकारीहरूको भएको उनले बताइन् । आयोगका सदस्यहरू आर्थिक लोभमा पर्न सक्ने भन्दै मन्त्री तुम्बाहाम्फेले समयमै सचेत रहन आग्रह गरिन् ।
आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐनभन्दा बाहिर गएर काम गर्न नहुनेमा मन्त्री तुम्बाहम्फेको जोड थियो ।
प्रकाशित मिति : शनिबार, माघ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्