भैरहवा ।
नेपाली काँग्रेस रुपन्देहीले अगामी फागुन ३ गते भैरहवामा बृहत प्रर्दशन गर्ने भएको छ । प्रधानमन्त्री के।पी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदम विरुद्ध पार्टीले जिल्लामा बृहत प्रर्दशन गर्ने भएको हो ।
काँग्रेसको केन्द्रिय कार्यसमितीको बैठकले गरेको निर्णय अनुसार फागुन ३ गते ७७ वटै जिल्लामा प्रर्दशन हुन लागेको हो । नेपाली काँग्रेस रुपन्देहीको आइतबार जिल्ला पार्टी कार्यालय भैरहवामा बसेको बैठकले फागुन ३ गते गरिने प्रर्दशनका लागि विभिन्न निर्णय गरेको छ । बैठकले भैरहवाको बुद्ध चोकबाट विरोध र्याली निकालेर नारायण पथ, मिलन चोक, बैंक रोड, देवकोटा चोक हुदै पुनः बुद्ध चोकमा पुगेर विरोध सभा गर्ने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
त्यस्तै बैठकले समन्वयका लागि जिल्लाको ५ वटै क्षेत्रमा संयोजक तोकेको छ । जसमा क्षेत्र नं१ को संयोजकमा बासुदेव रिमाल, दुईमा कृष्ण बहादुर गौतम, तीनमा विष्णु गौतम, चारमा विनोद श्रीवास्तव र पाँच नम्बर क्षेत्रमा तारा वेल्वासे रहेका छन् । यस्तै बैठकले प्रर्दशन सफलतापूर्वक सम्पन्न गर्नका लागि ५ वटा उपसमिती समेत गठन गरेको छ । जिल्ला सभापति अब्दुल रज्जाकको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती, सरिता चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिती, यातायात व्यवस्थापन समितीको संयोजकमा रामकृष्ण खाँण, मञ्च व्यवस्थापन समिती संयोजकमा दिपक क्षेत्री न्यौपाने, र्याली व्यवस्थापन समितीको संयोजकमा सोम बहादुर गुरुङलाई तोकिएको रुपन्देही काँग्रेसले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्