काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट दोस्रो चरणको खोप अभियान सुरु गरिने भएको हो ।
दोस्रो चरणकाे अभियान अन्तर्गत पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोग तथा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको उनले बताए ।
विभिन्न निकायहरूका निम्ति विभिन्न अस्पतालमा खोप केन्द्र तोकेर अभियान सञ्चालन हुने प्रवक्ता अधिकारीको भनाई छ । पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइनेछ । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्