पहिलाे चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने सरकारकाे निर्णय

पहिलाे चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने सरकारकाे निर्णय

whatsapp sharing button

काठमाडौँ । सरकारले आगामी वैशाखमा दुई चरणमा हुने निर्वाचनका लागि प्रदेशको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि प्रदेशको टुंगो लगाएको हो ।

पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर-२, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते प्रदेश नम्बर-१ बाग्मती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  जानकारी दिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो । तर, त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ ।

यहिबीच, प्रधानमन्त्री केपी शर्मा ओली आजै निर्वाचन आयोग जाँदैछन् । उनले निर्वाचनको तयारी र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे छलफल गर्ने बुझिएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij