रेडक्रस वेलहियाको १५ औं साधारणसभा सम्पन्न

रेडक्रस वेलहियाको १५ औं साधारणसभा सम्पन्न

बुटवल

नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको १५ औं वार्षिक साधारणसभा सिद्धार्थनगर वडा नं. १ वेलहियामा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।

कार्यक्रमको सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडा सभापति रमेश मल्लले रेडक्रस बेलहियाले मानवीय कार्य अन्तर्गत विपद, रक्त सञ्चार, प्राथमिक उपचार, योगदान तथा व्यक्तित्व विकाशमा यसले गरेको पारेको प्रभावको बारेमा बोलेका थिए । नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रिय अध्यक्ष तथा समाजसेवी डा. शान्त कुमार शर्मा, सिद्धार्थ जेसिजका अध्यक्ष गोपाल ज्ञवाली, वेलहिया उपशाखाका निवर्तमान अध्यक्ष देवराज न्यौपाने, वेलहिया गाँउ समाजका अध्यक्ष मोहनसिंह शाही, वडा नं. १ का जनप्रतिनिधि हरिमाया गुरुङ्ग, मिन बहादुर गुरुङ्ग, राजकिशोर अहिर, गृहलक्ष्मी समुहका अध्यक्ष देवि न्यौपाने, मणि एक्सेन्ज व्यवसायी संघ, सिद्धार्थनगरका अध्यक्ष रिषीराम पाण्डे, सुमन शर्मा, माधव शर्मा लगाएत बोलेका थिए । कार्यक्रममा उपशाखाले वर्ष भरि सम्पन्न गरेका क्रियाकलाप तथा अगामी वर्षको कार्य सम्पादन योजनाबारे प्रतिवेदन संस्थाका सचिव राकेश गुरुङ्गले प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक मिनाक्षी क्षेत्रीले गरेकी थिइन भने पंकज उदासको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij