काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधवार थपिएकामध्ये काठमाण्डाै उपत्यकाका ६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार सात सय ५३ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म दुई हजार ४७ सङ्क्रमितको ज्यान गएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्