नेपाल कम्युनिस्ट नेकपा की नेतृ रामकुमारी झाँक्री रिहा

नेपाल कम्युनिस्ट नेकपा की नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं-नेपाल कम्युनिस्ट नेकपा की नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार राज्यद्रोहको आरोपमा पक्राउ परेकी नेतृ झाँक्रीलाई साँझ रिहा गरिएको प्रहरीले जनाएको छ ।
झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ रिहा गरिएको प्रहरीले जानकारी दिएको हो । उनलाई पक्राउ गरेपछि महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।
झाँक्री पक्राउ परेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह र नेपाली कांग्रेसले विज्ञप्ति नै जारी गरेर बना शर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्‍न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरिरहेका थिए । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, माघ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij