देवदहमा इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा

देवदहमा इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा

 

बुटवल-इनरब्हील क्लब अफ बुटवलले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत रुपन्देहीको देवदहमा ३ बर्षे इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा ल्याएको छ ।

देवदह नगरपालिका वडा नं. ३ सेमरहवामा रहेको श्री कोटही आधारभूत विद्यालय शिशपुरमा अध्ययनरत १ सय ४० विद्यार्थीहरुलाई आवश्यक शैक्षिक तथा खेलकुदका सामाग्रीहरु प्रदान गर्दै कार्यक्रमको सुभारम्भ गरेको क्लबले जनाएको छ ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष शोभा जोशी, प्रमुख अतिथि वडा प्रतिनिधि केशव राना, निर्वतमान डिष्ट्रिक चेयरपर्सन समिरा ध्वजु, विद्यालयका प्रअ रमेश न्यौपानेले क्लबबाट प्रदान गरिएका सामाग्रहरु वितरण गरिएको थियो । क्लब र क्लबमा आवद्ध सदस्यहरुले जम्मा गरेको स्कूल झोला, कपि, पेन, बल्याक वोर्ड, खेलकुदका सामाग्रहरु विद्यार्थीहरुलाई वितरण गरिएको क्लबका अध्यक्ष शोभा जोशीले जानकारी दिनु भयो ।

सो अवसरमा बोल्दै अध्यक्ष जोशीले सामाजिक क्षेत्रमा क्लबले आफ्नो उपश्थिति जनाउनने क्रममा शिक्षाको उज्यालोबाट बञ्चित बनेका बालबालिकाहरुलाई विद्यालय जान सहज बन्न सकोस भनेर इनरव्हील सर्पोट मोडेल स्कूल सञ्चालनमा ल्याएको बताउनु भयो । तिन बर्षसम्म चल्लने कार्यक्रममा स्थानियको आवश्यक्तामा सहयोग गर्दै जाने प्रतिवद्धता व्यत्त,m गर्नु भएको थियो ।

क्लबका अध्यक्ष शोभा जोशीको अध्यक्षता, सचिव संझना ज्ञवाालीको सञ्चालन, कार्यक्रम संयोजक विश्व श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा वडा प्रतिनिधि केशव राना, निर्वतमान डिष्ट्रिक चेयरपर्सन समिरा ध्वजु, विद्यालयका प्रअ रमेश न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, चिरञ्जीवी पौडेल, आसिसीका केन्द्रीय कोषाध्यक्ष शक्ति प्रशन्न गिरी, क्लबका संस्थापक अध्यक्ष बसुन्धरा कशजु लगायत बोल्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन मञ्जु श्रेष्ठले गर्नु भएको थियो ।

यसैवीच क्लबले सञ्चालन गरेको इनरव्हील सर्पोट मोडेल स्कूललाई व्यवस्थित बनाउन क्लबका अध्यक्ष शोभा जोशीको अध्यक्षतामा एक समिति निमार्ण गरिएको छ । जसमा उपाध्यक्षमा क्लबकी उपाध्यक्ष मञ्जु श्रेष्ठ, सचिवमा विद्यालयका प्रअ रमेश न्यौपाने, कोषाध्यक्षमा शिक्षिका लक्ष्मी ज्ञवाली, सहकोषाध्यक्षमा विश्व श्रेष्ठ तथा सदस्यहरुका ममता चौधरी, ममता परियार, देव बहादुर सारु, भारती जोशी, सरस्वती श्रेष्ठ रहेका छन् । समितिको सल्लाहाकारमा कृष्ण बहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, शान्ता शाक्य, बसुन्धरा कसजु, समिरा ध्वजु रहेका छन् भने वरिष्ठ संरक्षकमा बडा अध्यक्ष बैकुन्ठ कुवर रहनु भएको छ ।

यसैगरि क्लबले महिलाहरुलाई सशक्तिकरण गराउने उद्देश्यले देवदह नगरपालिका वडा नं. ३ हात्तिडाडामा रहेको मेलमिलाप महिला समुहसंग सहकार्य गरि कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ ।

इनरव्हील मोडेल भिलेजका रुपमा त्यहा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित शिपमुलक तालिमहरु सञ्चालन गर्ने सहमति भएको क्लक अध्यक्ष जोशीले बताउनु भयो । त्यसका लागि शोभा जोशीको अध्यक्ष्तामा एक समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष मञ्जु श्रेष्ठ,, सचिव जगुमाया सुवेदी, कोषाध्यक्ष राधा गिरी तथा सदस्यहरुमा कला रेग्मी, रमा अर्याल, बबिता श्रेष्ठ, पुष्पा कशौधन संजीला कसजु, शशी श्रेष्ठ रहेका छन् भने सल्लाहाकारमा कृष्ण प्रसाद श्रेष्ठ, चिरञ्जीवी पौडेल, शान्ता शाक्य, बसुन्धरा कशजु र समिरा ध्वजु रहनु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij