प्रचण्ड–माधव समूहद्धारा चौथो चरणका कार्यक्रम घोषणा

प्रचण्ड–माधव समूहद्धारा चौथो चरणका कार्यक्रम घोषणा

फागुन ५ देखि २१ गतेसम्म चरणबद्ध आन्दोलन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो।

फागुन ५ गतेदेखि फागुन २१ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रदर्शन र आमसभामा उत्रिएको छ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij