JanataToday.com

Advertisment

SKIP THIS

खनाल ब्रदर्श फाइनलमा प्रबेश,फाइनल खेल फागुन ५ गते

खनाल ब्रदर्श फाइनलमा प्रबेश,फाइनल खेल फागुन ५ गते

सैनामैना
गत माघ २४ गते देखि सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको व्यबस्थापनामा संचालन भएको तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता २०७७ को सोमबार खनाल ब्रदर्श र फुलबारी गायज बिच भएको अन्तिम सेमी फाइनलमा प्रतिस्पर्धामा बिजयी भई खनाल ब्रदर्श फाईनलमा प्रबेश गरेको छ।
सोमबार भएको प्रतिस्पर्धामा खनाल ब्रदर्श फुलबारी गायजलाई गोल३-० गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका खेल संयोजक चित्र बहादुर थापाले जानकारी दिनु भएको छ। यस अघि बिश्वशान्ती युवा क्लब,सालझण्डी र फर्साटिकर फुटबल क्लब बिच भएको पहिलो सेमिफाइनलबाट बिश्वशान्ती युवा क्लबलाई पराजित गरि फर्साटिकर फुटबल क्लब फाईनलमा प्रबेश गरिसकेको छ।
फाबुधवार हुने फर्साटिकर फुटवल क्लब र बिच हुने फाइनल प्रतिस्पर्धाबाट बिजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छन भने उपबिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने खेल संयोजक थापाले बताउनु भएको छ।
यस्तै सेमिफाइनलमा प्रबेश गरि पराजित भएका बिश्वशान्ती युवा क्लब,सालझण्डी र ले जनही २० हजार रुपैया प्राप्त गरि चित्त बुझाउनु परेको छ।यसैगरी खेल अबधीभर उत्कृष्ट खेलाडी प्रदर्शन गर्ने खेलाडीले रु. १० हजार रुपैया र उत्कृष्ट खेलाडी अवार्ड वा माउण्टेन साईकल र अवार्ड प्राप्त गर्ने जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले बताउनु भएको छ।
हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गरि म्यान अफ म्याच हुने खेलाडीलाई रु. २ हजार सहित अवार्डले सम्मान गर्दै आएको प्रतियोगितामा उत्कृष्ट डिफेण्डर,गोलकिपर,सर्बोकृष्ट गोलकर्ता,लाई जनही ५ हजार रुपैया प्राप्त गर्नेछन।
सोमबार खनाल ब्रदर्श र फुलबारी गायज बिच भएको अन्तिम सेमिफाइनल खेलमा खनाल ब्रदर्शका बिमल राना मगर म्यान अफ म्याच भएका छन।

प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij