बाहिरका कुरा नसुनी फैसला गरियोस्ः वरिष्ठ अधिवक्ता कार्की

बाहिरका कुरा नसुनी फैसला गरियोस्ः वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुले बाहिरका कुनै कुरा नसुनी फैसला गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्ष र विपक्षमा बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट राय दिँदै कार्कीले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो संविधान दुर्घटनामा परेको । बाहिर मानिसहरू आफूखुसी बोलिरहेका छन् । यस्तो अवस्थामा इजलासमा बस्ने ५ जना श्रीमानहरुले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ । जसले संविधानको रक्षा गर्नुपर्ने हो, उनीहरु नै आन्दोलनमा लागेका छन् । संविधानको दुर्घटना भएको स्वीकारेका छन् । हामीले संविधान जोगाउन नसकेकै हो ।’

अहिले सबैले अदालतको सहारा खोजिरहेको कार्कीले बताए । ‘जबसम्म ४ वटा पार्टीले १६ बुँदे सहमति गरेनन्, तबसम्म सहमति नै भएन । संविधानको धारा ७४ मा बहुदलवादको कुरा उल्लेख छ। यसमा धेरै अलमलिनु पर्ने कारण छैन,’ कार्कीले इजलासमा भने ।

संविधानमा जे लेखेको छ, बहस त्यसमै केन्द्रित हुनुपर्नेमा कार्कीले जोड दिए।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन् । प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन् ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ । पक्ष–विपक्ष दुवैको बहस सकिएर आजदेखि एमिकस क्युरीका सदस्यहरुले राय दिइरहेका छन् ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij