काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले टुँडिखेल घेराउ गरेको छ। सरकारको कदमको विरोध गर्दै टुँडिखेलमा मानव साङ्लो बनाएर यो समूहले विरोध गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा प्रचण्ड–माधव पक्ष सडक आन्दोलनमा छ। चौथो चरणको संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको हो।
जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ। गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो।
चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रम फागुन २१ गतेसम्म चल्नेछ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्