बुटवल
बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेबि आचार्यले हरेक नागरिक कानुन प्रति सचेत हुनुपर्ने बताएकी छन् । बुटवल उपमहानगरपालिकाको आयोजना र सन्चारिका समूह रुपन्देहीको समन्वयमा हिजो बिहिबार देखी शुरु भएको पत्रकार महिलाका लागी कानुनी सचेतना तालिमको आज शुक्रबार बुटवलमा समापन गर्दै आचार्यले तालिममा सिकेका कुरा व्यबहारमा लागु गर्न पत्रकार महिलालाई आग्रह गरिन्। पत्रकार महिलाहरुको क्षमता बिकासको लागी तालिमको आयोजना गरिएको भन्दै उनले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवस्यक रहेको बताईन् । आचार्यले पत्रकारलाई सचेत बनाउदा समाजमा सही सूचना जाने उल्लेख गरिन् । कलमले स्थानीय सरकार र नागरिकबिच पुलको काम गर्ने भएकाले पत्रकारहरु धेरै विषयमा जानकार हुनुपर्ने बताइन् ।सञ्चारिका समुह रुपन्देह्का निर्बतमान अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाका लागी आवश्यक बिषयमा नगरपालिकाले तालिमको आयोजना गरेको प्रति प्रशंशा ब्यतm गरिन । पत्रकारले सबै बिषयमा कलम चलाउनुपर्ने भएकाले स्थानिय तहले पनि यस्ता बिषयमा बेला बेलामा तालिमको आयोजना गर्दा पत्रकारिता क्षेत्र अझै बलियो हुने बताइन् । दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागीको तर्फबाट बोल्दै पत्रकार द्धय मनु खड्का र सीता प्रतेलले तालिममा महत्वपुर्ण बिषयहरु सिकेको बताए । पत्रकारिता गरिरहँदा परिमार्जन भएका कतिपय कानुनका बिषयमा जान्न पाएको बताउदै आगामी दिनमा पनि तालिमको आयोजना गर्न नगरलाई आग्रह गरे । तालिममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचीव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका ब्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागीता रहेको बताउदै सन्चारिका समुहका अध्यक्ष निरु गौतमले नागरिकलाई कानुन प्रतिको चासो बढाउने उदेश्यले नगरपालिकाले तालिमको आयोजना गरि सञ्चारिका रुपन्देही संग समन्वय गरेको प्रति धन्यबाद ब्यक्त गरिन ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्