JanataToday.com

Advertisment

SKIP THIS

रोटरी क्लब अफ भैरहवा को आयोजना मा १ लाख पुरस्कार राशी को म्याराथुन हुने

रोटरी क्लब अफ भैरहवा को आयोजना मा १ लाख पुरस्कार राशी को म्याराथुन हुने

बुटवल ।

रुपन्देहीमा फागुन २२ गते २१ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको छ । रोटरी ईन्टरनेशनल डे को अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुति फुडपार्क काठमाण्डौ गेट प्रिमियर बासमती राईस को मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन गर्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गरि म्याराथनको तयारी अन्तिम चरणमा रहेको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले बताए । विभागिय खेलाडीहरुसहित ३ सय बढी सहभागिता हुने उनले दाबी गरे । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने उनले बताए । हाफ म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए ।
यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको भन्दै उनले यहाका संचार क्षेत्रको सहयोग क्रितिमानी धावक बैकुण्ठ मानन्धरले बताए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij