नेपाल-भारत सीमा नाका सञ्‍चालनका विषयमा सरकार गम्भीर बनोस : कांग्रेस प्रमुख सचेतक खाँण

नेपाल-भारत सीमा नाका सञ्‍चालनका विषयमा सरकार गम्भीर बनोस : कांग्रेस प्रमुख सचेतक खाँण

काठमाडौँ –नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीको बेलहियास्थित नेपाल-भारत सीमा नाका सञ्‍चालनका विषयमा गम्भीर बन्‍न सरकारको ध्यानाकर्षण गराएका छन् । खाणले आइतबार विज्ञप्ति जारी गर्दै सीमा नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सीमा नाका सञ्‍चालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सीमा नाका सुरक्षित र व्यवस्थित तवरले सञ्‍चालन गर्न सरकारसँग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरूले सिमानाका सञ्‍चालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु,’ खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरूले वेलहिया स्थित नेपाल-भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्‍चालन गर्न माग गरिरहेका छन् ।

कोभिड-१९ को महामारीका कारण लामो समयदेखिको बन्दाबन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आइरहेका मजदुर ज्यादै मर्कामा परेको तथ्यलाई ख्याल गर्न पनि खाणले सरकारलाई आग्रह गरेका छन् ।

May be an image of text

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij