बुटवलको राष्ट्रपति रनिङ सिल्डमा कालिका मानव ज्ञान प्रथम

बुटवलको राष्ट्रपति रनिङ सिल्डमा कालिका मानव ज्ञान प्रथम

बुटवल

बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ ।
प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नबिन औद्योगिक मावि दोस्रो भएको छ । प्रतियोगितामा न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति मावि ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथौ स्थान हासिल गरेको छ ।
विजेताहरुलाई मेडल, सिल्ड र प्रमाणपत्र वितरण गर्दै प्रमुख शिवराज सुवेदीले उपमहानगरको समृद्धिका लागि खेलकुद पनि एउटा आधार रहेको भन्दै खेल पूर्वाधार विकास र खेलाडीलाई अवसरसहितको पहिचानका लागि विशेष कार्यक्रम बनाइएको बताए ।
विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको प्रमुख सुवेदीको भनाइ थियो ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, शिक्षा समितिका सदस्य धनिश्वर गौतम, सामाजिक विकास समिति प्रमुख सीता थापा आचार्य, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सदस्य सचिव विष्णुहरि ज्ञवाली, सदस्य नवीन थापा सारुलगायतले विजेतालाई बधाई ज्ञापन गरेका थिए ।
नगर खेलकुद विकास समितिको बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेका समितिका अध्यक्ष काउचाले जानकारी दिए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दोलगायतका प्रतियोगिताहरु भएको सदस्य प्रेमबहादुर बस्नेताले जानकारी दिए ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुगो लागेको थियो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिइन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij