JanataToday.com

Advertisment

SKIP THIS

वरिष्ट उपाध्यक्ष कसजुलाई अध्यक्ष बनाउन १० पुर्व अध्यक्षहरुको समर्थन

वरिष्ट उपाध्यक्ष कसजुलाई अध्यक्ष बनाउन १० पुर्व अध्यक्षहरुको समर्थन

बुटवल

बुटवल उद्योग वाणीज्य संघको अध्यक्षको लागि उम्मेदवार दिएका उज्वल कसजुलाई १० जना पुर्व अध्यक्षले समर्थन जनाएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै उज्वल कसजुलाई अध्यक्ष गराउनको लागि सबिया जना एकमत भएको जनाएका छन् । उज्वल कसजुलाई समर्थन गर्नेमा बर्तमान अध्यक्ष खिम बहादुर हमाल , महेशमान शिंह , सुरेन्द्र श्रेष्ठ , नवराज श्रेष्ठ , महेशराज भण्डारी , हिरा प्रसाद श्रेष्ठ , जीवन प्रसाद ओझा , अर्जुनमान सैंजु , कुश प्रसाद मल्लि र निर्मल प्रसाद लाकौल लगायतको रहेको छ । पत्रकार सम्मेलनमा कसजुले कोभिडमैत्री अर्थतन्त्रलाई जोड दिने, मोतिपुर औद्योगिक करिडोर प्रर्वद्धनको लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै सचिवालय व्यवस्थापन गरि प्रविधिमैत्री गराउने, भन्सार प्रणालिलाई व्यवसायिकमैत्री बनाउने, बजार क्षेत्रमा पार्कङ व्यवस्थापनको लागि ए ए मोडलको विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । कसजुले आफू २१ वर्षदेखी संघमा आबद्ध भएको ३ कार्यकाल कार्यसमिति सदस्य, एक एक कार्यकाल कोषाध्यक्ष, बाणिज्य उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रहेको भन्दै अब संघको नेतृत्व गरेर केही गर्न चाहेको बताए।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij