काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद् बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो। लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन। तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो।’
अदालतको निर्णयले देशको राजनीतिक अब कता जान्छ? भन्ने गम्भिर बिषयमा पनि छलफल भएको उनले बताए। उनले आवश्यक छलफलको लागि केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएकोसमेत बताए।
पार्टी विभाजनले औपचारिकता नपाएको हुनाले आफ्नै पक्षले बोलाएको बैठक आधिकारिक हुने उनकाे दाबी छ। ‘देशव्यापी भइरहेका कार्यक्रम चलाइराख्छौँ तर, त्यसको स्वरुप परिवर्तन हुन्छन्’ उनले भने।
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्