शेयर सदस्यको उपचारमा एकता सहकारीको आर्थिक सहयोग

शेयर सदस्यको उपचारमा एकता सहकारीको आर्थिक सहयोग

बुटवल -बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले क्यान्सर पिडित शेयर सदस्यको उपचारको लागि नगद सहयोग प्रदान गरेको छ । संस्थाकी शेयर सदस्य बुटवल–७ दीपनगर निवासी गीता भट्टराईलाई क्यान्सर भएपछि त्यसको उपचारको लागि ३० हजार रुपैंया नगद सहयोग प्रदान गरेको हो ।
उक्त सहकारीले आफ्ना शेयर सदस्य तथा शेयर सदस्यको श्रीमान वा श्रीमतिलाई मुटु, मृगौला र क्यान्सर भएमा त्यसको उपचारको लागि ३० हजार रुपैंया आर्थिक सहायता प्रदान गर्दै आएको अध्यक्ष सुक्रप्रसाद बस्यालले बताउनु भयो ।
संस्थाले प्रदान गरेको सहयोग रकम लिँदै क्यान्सर पिडित भट्टराईले संस्थाले प्रदान गरेको आर्थिक सहायताले आफूलाई केही भएपनि राहत मिलेको बताउनु भयो ।
त्यसै अवसरमा संस्थाका शेयर सदस्य स्वर्गीय भरत शर्माकी धर्मपत्नी नारायणी शर्मालाई दुर्घटना बिमा दावी भुक्तानी गरिएको छ । उहाँलाई सहकारी संस्थाका अध्यक्ष सुक्रप्रसाद बस्याल र नेपाल इन्स्योरेन्स बुटवल शाखाका सहायक प्रवन्धक विष्णुप्रसाद ढुंगानाले ३ लाख रुपैंयाको चेक हस्तान्त्रण गर्नुभएको हो ।
बुटवल ८ सुख्खानगर निवासी शर्माको गत मंसिर १७ गते बुटवलको अस्पताल लाईनमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । एकता वचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको ३ लाख रुपैंयाको जोखिम बहन गर्नेगरी नेपाल इन्स्योरेन्समा जीवन बिमा गरिदिएको अध्यक्ष बस्यालले जानकारी गराउनु भयो ।
उहाँले परिवारको सदस्य गुमाउनु पर्दा दुःख हुँदाहुँदै पनि टारेर टार्न नसकिने कुरालाई केही भएपनि राहत होस भन्ने उद्देश्यले सहकारीले संस्थाका शेयर सदस्यको परिवारलाई राहतको लागि जीबन बिमा गरिदिएको जानकारी गराउनु भयो । आर्थिक सहायता प्रधान तथा बिमा दावी भुक्तानी कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij