नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

 

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठक आज दिउँसो तीन बजे बोलाइएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेको र बुधबार साँझसम्म काठमाडौं आइपुग्ने भएकाले आजका लागि पदाधिकारी बैठक बोलाइएको उनले बताए।

प्रचण्ड-माधवसँग  छलफल

कांग्रेस सभापति देउवासँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्ता गरेका छन्। हिजो देउवा निवास बुढानिलण्ठमा उनीहरु बीचमा भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा तीन नेताहरुले छलफल गरेका हुन्।

छलफलमा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएपनि ठोस सहमति भने भएको छैन।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij