काठमाडौं – पूर्व उद्याेगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
जोशीको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र डाक्टरहरुले अवस्था गम्भीर रहेको जानकारी दिएको अस्पतालमै रहेका जोशीका दाजु राजुराज जोशीले जानकारी दिए ।
नर्भिकमा शुक्रबार विहान सानो शल्यक्रिया गरिएको त्यो सफल भएपनि अझै तीन चार दिन स्वास्स्थ्य अवस्था स्थिर रहेमा मात्र थप अवस्थाबारे भन्न सकिने उपचारमा संलग्न डा. राजिव झाले बताएको जोशीले जानकारी दिए ।
गएराती अचानक विरामी भएपछि शुरुमा वीर अस्पताल भर्ना गरिएको र त्यहाँ सिटी स्क्यान गर्दा मस्तिष्कघात भन्ने पहिचान भएपछि नर्भिक अस्पताल पुर्याइएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्