काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ५ बजेका लागि बालुवाटारमा बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल हुनेछ । ‘प्रधानमन्त्रीज्यूले साँझका लागि बैठक बोलाउनुभएको छ,’ थापाले भनेका छन्, ‘खासमा बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल होला ।’
आजको बैठकले प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने बुझिएको छ । गत ५ पुसमा ओलीकै सिफारिसमा विघटित प्रतिनिधि सभा सर्वोच्चले पुनःस्थापना हुनुपर्ने फैसला सुनाएसँगै ओलीले अधिवेशन आह्वानका लागि सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्