काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ ।
यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यकाअनुसार अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरुले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको हो । केही लगानीकर्ता सुनमा भन्दा चाँदीमा आकर्षित भएकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको शाक्यले बताउनुभयो ।
उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्