झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहलाई चुनाैती दिएका छन् ।
आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन-नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउने दाउमा दाहाल-नेपाल मरिमेटेर लागिपरे पनि कसैगरी अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न नसक्ने उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने सोचेकाहरूलाई त्यस्तो नहुने बताए । उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएकाे समेत बताए ।
‘सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनाैती दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस् । पास गर्नुस् । पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फेरि फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्