काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाँदैछन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन, पोखरा रङ्गशालाको निरीक्षण र भवन शिलान्यास ओली आज पोखरा जान लागेका हुन् ।
उनले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।
यस्तै प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नेछन् । यसअघि आइतबार झापा पुगेका ओलीले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्