सरकार र विप्लव समूहको पहिलो वार्ता सकारात्मक

सरकार र विप्लव समूहको पहिलो वार्ता सकारात्मक

काठमाडौं -सरकार र विप्लव समूहबीचको पहिलो वार्ता सकारात्मक भएको छ । बुधबार बिहान बसेकाे पहिलाे औपचारिक वार्ता सकारात्मक भएको हो ।

वार्ता पून बस्नेगरी सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा. भट्टराई सहभागि थिए । विप्लव समूहको वार्ता टोलीमा खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागि थिए ।

छलफलका क्रममा विप्लव समूहका नेताले आफ्ना नेता कार्यकर्ताकाे रिहाइ र प्रतिबन्ध फुकुवा पछि वार्ता सहज ढङ्गबाट अघि बढ्ने बताएका थिए ।

बुधबारको पहिलो छलफल सकारात्मक भएकाले पून छलफल गर्ने सहमतिसहित वार्ता सकिएको हो । दाेस्राे छलफलका लागि मिति भने ताेकिएकाे छैन ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

दुई वर्षअघि ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको दललाई प्रतिबन्ध लगाएको थियो । नेकपा विभाजनपछि सरकारको पहलमा वार्ता भएको हो । सरकारले प्रतिबन्ध फुकुवा गर्ने तयारी पनि गरेकाे छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij