काठमाडौं – आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ८७ हजारमा काराेबार भएकाे छापावाला सुन बुधबार पाँचसयले बढेर ८७ हजार ५ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज तेजाबी सुनकाे मूल्य ८७ हजार ८५ ताेकिएकाे छ । मंगलबार तेजाबी सुन ८६ हजार ५५० मा कारोबार भएकाे थियाे ।
चाँदीकाे मूल्य पनि आज वृद्धि भएको महासंघले जनाएकाे छ । मंगलबार प्रतिताेला एक हजार २९० मा काराेबार भएकाे चाँदीकाे मूल्य आज प्रतिताेला एक हजार ३१५ मूल्य निर्धारण गरिएकाे छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्